कर्णाली सरकारमा काँग्रेसबाट बिसी र श्रेष्ठको नाम सिफारिस
  • CIA Khabar

  • सुर्खेत । नेपाली काँग्रेसले कर्णाली सरकारमा दुई मन्त्रीको नाम सिफारिस गरेको छ । काँग्रेसले सुर्खेतका यज्ञबहादुर बिसी र जुम्लाका दिनबन्दु श्रेष्ठलाई मन्त्री बनाउन सिफारिस गरेको हो । आज साँझ बसेको संसदीय दलको बैठकले बिसी र श्रेष्ठलाई सरकारमा पठाउने निर्णय गरेका संसदीय दलका नेता जीवनबहादुर शाहीले जानकारी दिए ।

    ‘बैठकले बिसी र श्रेष्ठको नाम सिफारिस गरेको छ’ शाहीले भने, ‘सपथ भोलिमात्रै हुन्छ ।’ काँग्रेसले बिसीलाई सामाजिक विकास र श्रेष्ठलाई जलस्रोत तथा उर्जा विकास मन्त्रीका लागि सरकारलाई सिफारिस गरेको हो ।

  • २० जेष्ठ २०७८, बिहीबार २१:२२ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images