काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले शुक्रबारका लागि पूर्ण बैठक (फुल कोर्ट बैठक) बोलाएका छन्।
संवैधानिक इजलास गठनको नियमावली संशोधन लगायतका विषयमा छलफल गर्न राणाले फुल कोर्ट बोलाएका हुन्।
यस अघि जेठ १३ गते सर्वोच्चको फुल कोर्ट बैठक बसेको थियो। बैठकले कोभिड–१९ को महामारीका समयमा नियमित मुद्दा, रिट तथा निवेदनहरूमा पेसी तारेख लगायतका काम कारबाही जेठ २१ गतेसम्मका लागि संकुचन गरेको थियो ।
बैठकमा संवैधानिक इजलासबारे पनि छलफल हुनसक्ने बताइएको छ।