काठमाडौँ । नेपाल प्रेस काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेतलाई नियुक्त भएका छन् ।
बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले बस्नेतलाई ४ वर्षका लागि काउन्सिलको अध्यक्षमा नियुक्त गरेको हो ।
काउन्सिलको अध्यक्षमा नियुक्त भएका भवानी वरालको नियुक्तिको योग्यता विवाद सर्वोच्च अदालतमा मुद्दामा परेपछि यसबीचका किशोर श्रेष्ठ र गोपाल बुढाथोकी कार्यवाहक भएर काम गरेका थिए ।
उनको नियुक्तिको कार्यकाल सकिएपछि सरकारले बस्नेतलाई नियुक्त गरेको हो ।
कान्तिपुर दैनिकमा लामो समय काम गरेका बस्नेत नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य हुन् ।