राष्ट्रपति भण्डारीको प्रयास सार्थकः अमेरिकाले नेपाललाई ५० लाख भ्याक्सिन दिने
  • CIA Khabar

  • काठमाडौँ । अमेरिकी सरकारले नेपाललाई ५० लाख कोरोनाविरुद्धको भ्याक्सिन उपलब्ध गराउने भएको छ ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाविरुद्धको भ्याक्सिन उपलब्ध गराइदिन अमेरिकी राष्ट्रपति जो बाइडेनलाइ पत्राचार गर्नुभएको थियो ।
    नेसनल सेक्यूरिटी काउन्सिलले नेपालको लागि कोरोनाविरुद्धको भ्याक्सिन उपलब्ध गराउने विषयमा आज एलोकेसन गर्ने सूचना अमेरिकास्थित नेपाली दुतावासलाई दिएको छ । अमेरिका रहेको नेपाली दुतावासका अनुसार नेपालले ५० लाख कोरोनाविरुद्धको भ्याक्सिन पाउने पक्का भएको छ ।

    राष्ट्रपति भण्डारीले अमेरिकी सरकारलाई पत्र लेखेर कोरोना भ्याक्सिनका लागि गरिएको अनुरोधपछि अमेरिकास्थित नेपाली दुतावासले कुटनीतिक पहल शुरु गरेको थियो । राष्ट्रपति भण्डारीले भ्याक्सिन उत्पादन गर्ने वा भण्डारण गरेर राखेका भारत, चीन, अमेरिका, बेलायत र रुस गरी पाँच देशलाई मात्रै लेखेको थियो । अमेरिकाबाट नेपाल सरकारले ५० लाख डोज खरिद गर्न प्रस्ताव गरेको र थप अनुदानका लागि पनि पहल भैरहेको दुतावासले जनाएको छ ।

  • २१ जेष्ठ २०७८, शुक्रबार ००:२१ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images