काठमाडौं । राष्ट्रीय युवा संघ नेपालका अध्यक्ष किरण पौडेलले कोभिड भ्याक्सिन सहजताका लागि भ्याक्सिन स्वंय सेवक परिचालन गर्ने बताउनुभएको छ । संघको गण्डकी प्रदेश कमिटीद्वारा आज पोखरामा आयोजित स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा उक्त कुरा बताउनुभएको हो ।
अध्यक्ष पौडेलले तीन महिना भित्र हरेक जनता लाई खोप सेवा उप्लब्ध गराउने सरकारी प्रतिबद्दताको स्वागत गर्दै धन्यबाद समेत ब्यक्त गर्नुभयो । सरकारको उक्त खोप अभियानलाई सजह तथा प्रभाबकारी बनाउन टोल–टोल तहसम्म ठुलो संख्यामा स्वंय सेवक परिचालन गर्ने बताउनुभयो ।
नेपालमा तिव्ररुपमा फैलिएको कोभिड १९ को संक्रमणलाई रोक्न नियन्त्रण, रोकथाम , राहत तथा उद्दारमा देशब्यापी रुपमा आफ्नो संगठन र हजारौ नेता कार्यकर्ता परिचालित रहेको समेत उहाँले दावी गर्नुभयो । संघका गण्डकी प्रदेश कमिटी प्रमुख महेन्द्र गुरुङको अगुवाई संकलित स्वास्थ्य सामाग्रीहरु गण्डकी स्वास्थ्य बिज्ञान प्रतिष्ठानका उप कुलपती डा. डुक बहादुर छेत्रीलाई हस्तान्तरण गरिएको थियो । कार्यक्रममा ५० थान अक्सिजन सिलिण्डर , पिपिई, मास्क्, ग्लोभ्स हस्तान्तरण गरिएको हो ।