‘नेपालमा हालसम्म कोरोनाको नयाँ भेरिएन्ट पुष्टि भएको छैन’
  • CIA Khabar

  • काठमाडौ । सरकारले नेपालमा हालसम्म कोरोनाको नयाँ भेरिएन्ट पुष्टि नभएको जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बेलायती मिडियामा आएको भनिएजस्तो कोरोनाको नयाँ भेरिएन्ट हालसम्म देखा नपरेको जानकारी दिए ।

    बेलायतको डेलीमेलले कुनै स्रोत उल्लेख नगरी नेपालमा भेरिएन्ट भेटिएको भन्दै समाचार दिएपछि मन्त्रालयले यसबारे स्पष्ट पारेको हो ।

    नेपाल भेरिएन्टबारे कुनै जानकारी भए सूचित गर्न बेलायतको अन्तर्राष्ट्रिय स्वास्थ्य हेर्ने  निकायसँग माग गर्दै पत्र पठाइएको र उताबाट त्यसको जवाफ नआएको डा. पौडेलले जानकारी दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

  • २१ जेष्ठ २०७८, शुक्रबार ०८:२७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images