काठमाडौ । कवि अर्जुन पराजुलीले ढुंगा, गिटी, बालुवाको निकासी गर्ने सरकारी नीति माथि व्यङ्ग्य गरेका छन् । सरकारले अध्यादेशमार्फत ल्याएको बजेट वक्तव्यमार्फत ढुंगा, गिटी र बालुवा निकासी गर्ने र त्यसको प्रोत्साहन गर्न मिल्ने गरी भन्सार महसछुल छुटका योजना ल्याएको छ ।
समसामायिक विषयमा थोरै शब्दमा तिखो व्यङ्ग्य गर्न सक्ने कवि पराजुलीले दिल्लीबाट रेल आउने प्रसंग जोड्दै भनेका छन् :
पहिले भन्थे
नयाँ युग बोकेर
चुरे चढ्न दिल्लीबाट रेल आउदै छ
अहिले सुनिदै छ
झिटी गुन्टा बोकेर रेल चढ्न चुरे आफैँ दिल्ली जादैँ छ ।