जनसम्पर्क समिति कतारद्वारा कोरोनाविरुद्धको लडाईमा ४ लाख आर्थिक सहयोग
  • CIA Khabar

  • दोहा ।जनसम्पर्क समिति कतारले नेपालमा कोरोना भाइरसको दोस्रो लहरविरूद्ध लड्न आर्थिक सहयोग रकम नेपाल पठाएको छ ।स्वदेशमा नागरिकहरू सामान्य उपचार नपाएर मृत्युवरण गर्न थालेपछि देश विदेशमा रहेका नेपालीहरू कोरोनाविरुद्धको लडाईमा स्वतफुर्त रूपमा सहयोग गरिरहेका बेला नेपाली काङ्ग्रेसको प्रवास संगठ्न जनसम्पर्क समिति कतारले कोभिड(१९ महाविपत्तिको रोकथाम र उपचार सहयोगार्थ ४ लाख २० हजार रुपैयाँ सहयोग रकम नेपाल पठाएको समितिका सभापति अजिज अलीले जानकारी दिए ।सभापति अलीका अनुसार ३ लाख ५० हजार रुपैयॉ नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यालयको खातामा, २ वटा अक्सिजन सिलिन्डर एनआरएनए मध्यपूर्वमार्फत सहयोग गरेको बताए ।

    कोभिड–१९ संक्रमणले हाल नेपालमा ज्यादै कठिन र दुखदायी अवस्था सिर्जना हुँदै गइरहेको छ । संक्रमणका कारण मानवीय क्षति पनि बढ्दो छ । गम्भीर र जटिल अवस्थाका बिरामीको ज्यान जोगाउन अक्सिजन, भेन्टिलेटर, अक्सिजन कन्सनट्रेटर, औषधी तथा अन्य स्वास्थ्य सामग्रीको माग बढिरहेको छ ।

    एक महिना अघिमात्र गैरआवासीय नेपाली संघ ९एनआरएनए०ले शुरु गरेको “नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ” अभियान अन्तर्रगत मध्यपूर्वमा रहेका नेपालीहरुको सहयोगमा ओमानबाट ५ सय ६० अक्सिजन सिलिण्डर नेपाल पठाईसकेको छ ।

    यस्तै, नेपालमा अक्सिजन लगायत स्वास्थ्य सामग्रीको हाहाकार भएपछि सहयोग जुटाउन यूएईस्थित नेपाली दूतावास र विभिन्न संघसस्थाहरु मिलेर कोभिड १९ संयुक्त राहत संकलन समितिमार्फत सहयोग उठाइरहेका छन् भने त्यो सहयोग रकम पनि चाँडै नेपाल पठाउने संकलन समितिले जनाएको छ ।

  • २१ जेष्ठ २०७८, शुक्रबार ११:०२ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images