२ बच्चाकी आमाले प्रेमीसँग मिलेर गरिन् श्रीमानको हत्या, शवलाई टुक्रा पारेर भान्सामा गाडियो
  • CIA Khabar

  • काठमाडौँ। प्रेमीसँग मिलेर भारतमा २ सन्तानकी आमाले आफ्नै श्रीमानको अत्यन्तै क्रुर तबरमा हत्या गरेको घटना सार्वजनिक भएको छ ।

    भारतको मुम्बाइमा २७ वर्षीया शाहिदाले आफ्नो प्रेमीसँगै मिलेर श्रीमानको हत्या गरि शवलाई चार टुक्रा पारेर भान्सामा गाडिएको खुलेको हो ।

    भारतीय सञ्चारमाध्यममा उल्लेख भएअनुसार शाहिदाका श्रीमान रईस शेख एक कपडाको पसलमा काम गर्थे । उनीहरुको ६ वर्षकी छोरी र साढे २ वर्षको छोरा थिए । शाहिदाका श्रीमान रईसले शाहिदालाई उनको प्रमीसँग आपत्तती जनक अवस्थामा देखेपछि उनीहरुबीच झगडा भएको थियो । शाहिदाले चक्कुले श्रीमानको घाँटी रेटी हत्या गरेकी थिइन् ।

    हत्या पछि प्रेमीसँग मिलेर शाहिदाले टुक्रा टुक्रा बनाई शव भान्सामा गाडेकी थिइन् । हत्या भएको दिन छोरीले सबै कुरा देखिन र शाहिदाले कसैलाई यो कुरा नभन्न धम्की दिएकी थिइन् । यदि भनिस भने तिमीहरुको पनि यस्तै हालत गर्छु भने पछि उनीहरु चुपचाप बसेका थिए ।

    निकै दिनसम्म पनि रईसको पत्ता नलागे पछि छिमेकीले प्रहरीलाई उनी हराइरहेको जानकारी गराए । तीन दिन पहिले रईसका भाइ गाँउबाट मुम्बइ आए र ६ बर्षीया बच्चाले सबै कुरा उनलाई बताएपछि उनी प्रहरी कहाँ पुगेका थिए । त्यसपछि घटनाको बास्तविकता बहिर आएको थियो ।

  • २१ जेष्ठ २०७८, शुक्रबार ११:२९ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images