नगरिकता अध्यादेशसम्बन्धी रिटको सुनुवाइका लागि संवैधानिक इजलास गठन, वरिष्ठताका आधारमा तोकिए न्यायाधीश
  • CIA Khabar

  • काठमाडौँ । नागरिकता अध्यादेशविरुद्ध परेको रिटमा सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले संवैधानिक इजलास गठन गरेका छन् ।

    प्रधानन्यायाधीश राणाले संवैधानिक इजलासमा वरिष्ठताका आधारमा न्यायाधीश सम्मिलित इजलास गठन गरेका हुन् ।

    संवैधानिक इजलासमा राणासहित न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा तोकिएका छन् । न्यायाधीश विश्वभर श्रेष्ठ कोरोना संक्रमित भएकाले खतिवडा इजलासमा अटाएका हुन् ।

    वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्की, बालकृष्ण न्यौपानलगायतले सर्वोच्चमा रिट दायर गरेका थिए ।

    आज संवैधानिक इजलासमा उक्त रिटमाथि सुनुवाइ हुने भएको छ । यसअघि प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा गठन भएको संवैधानिक इजलास विवादमा परेको थियो ।

    सर्वोच्च बार एसोसियसनलगायतले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्न दबाब दिँदै आएका थिए ।

  • २१ जेष्ठ २०७८, शुक्रबार ११:४७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images