तोलामा १५ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
  • CIA Khabar

  • काठमाडौँ ।आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

    निरन्तर बढेको सुनचाँदीको मूल्य आज भने घटेको छ । हिजोको तुलनामा आज सुन १५०० रुपैयाँ प्रतितोला घटेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    संघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन छापावाला सुन प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै आज तेजाबी सुन प्रति तोला ९२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन तेजावी सुन प्रतितोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

    महासंघका अनुसार, चाँदी प्रतितोला १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रुपैयाँले घटेको हो ।

  • २१ जेष्ठ २०७८, शुक्रबार १२:११ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images