जसपाको ठाकुर–महतो पक्ष आजै सरकार जाने तयारीमा
  • CIA Khabar

  • काठमाडौँ । जसपा अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष सरकारमा सहभागी हुने निश्चित भएको छ ।

    ८ जना मन्त्री र २ जना राज्यमन्त्रीसहित आजै सरकार जान सक्ने जसपाका नेताले जानकारी दिए । र, आजै साँझ मन्त्रीको शपथ ग्रहण हुन सक्ने उनले बताए । तर, आज आठै जना मन्त्री चाहिँ सरकारमा सहभागी हुने सम्भावना कम छ ।

    जसपाका नेता विमल श्रीवास्तवले सरकारमा सहभागिताका लागि पार्टीबाट कुरा आएको बताए । शपथ ग्रहणको समय भने यकिन नभएको उनले बताए । जसपा नेता राजेन्द्र महतोको नेतृत्वमा सरकारमा जाने तयारीमा छ ।

    सरकारमा जाने मन्त्रीको अन्तिम नामावली टुंगो लगाउन ठाकुर–महतो पक्षका नेताहरू आन्तरिक छलफलमा व्यस्त छन् । बिहीबार साँझ ठाकुर र महतोले प्रधानमन्त्री केपी ओलीसँग सरकारमा सहभागिताकै विषयमा लामो छलफल गरेका थिए ।

  • २१ जेष्ठ २०७८, शुक्रबार १४:५५ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images