कोरोना फैलाएकोमा चीनले १० खर्ब डलर क्षतिपूर्ति तिनुपर्ने अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पको माग
  • CIA Khabar

  • President Donald Trump walks on the South Lawn upon arrival at the White House in Washington, Saturday, Jan. 19, 2019, after attending the casualty return at Dover Air Force Base, Del., for the four Americans killed in a suicide bomb attack in Syria. (AP Photo/Manuel Balce Ceneta)

    काठमाडौँ। अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको वुहान ल्याबबाट कोरोना भाइरस फैलिएको भन्ने आफ्नो दाबी सही ठहरिएको बताएका छन् ।

    उनले वुहानबाट नै कोरोना भाइरस फैलिएको आफ्नो दाबीमा अब हरेक देश तथा तथाकथित दुश्मनहरू पनि सहमत भएको बताए ।

    चीनले विश्वभर मच्चाएको महामारीका कारण भएको क्षतिका लागि अमेरिका र विश्वलाई १० ट्रिलियन (खर्ब) डलर क्षतिपूर्ति दिनुपर्ने ट्रम्पको माग छ । ट्रम्पले सुरुवातदेखि नै यस भाइरसलाई ‘चिनियाँ भाइरस’, ‘वुहान भाइरस’ भन्दै आएका थिए ।

    चीनले यसमा कडा आपत्ति जनाउँदै आएको थियो । चीनले ट्रम्पको यस भनाइलाई नस्लवादी सोचको उपज भएको बताएको थियो । यस वर्षको सुरुवातमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को एक टोली महामारीको तथ्य पत्ता लगाउन वुहान गएको थियो ।

    उक्त टोलीले वुहानको ल्याबबाटै भाइरस लिक भएको हो भन्ने प्रमाणित गर्न पर्याप्त तथ्य फेला नपरेको बताएको थियो ।

  • २१ जेष्ठ २०७८, शुक्रबार १५:११ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images