एकैदिन ८ हजार ६६३ जनाले जिते कोरोना, ६ हजार ६५३ संक्रमित थपिए
  • CIA Khabar

  • काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ६५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १४ हजार १८२ जनाको पीसीआर परीक्षणमा ४ हजार ६२४ र ६ हजार ६३१ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २ हजार २९ जना गरी कुल ६ हजार ६५३ जना कोरोना संक्रमित थपिएका हुन् ।

    पछिल्लो २४ घण्टामा थप १०१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट ८ हजार ६६३ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

    निको हुने दर ८१.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

  • २१ जेष्ठ २०७८, शुक्रबार १७:३५ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images