जसपा सरकारमा जाँदै, ८ मन्त्री र २ राज्यमन्त्री पाउने
  • CIA Khabar

  • काठमाडौँ ।जनता समाजवादी पार्टी (जसपा)को वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ । जसपाको महन्थ ठाकुर पक्ष सरकारमा जाने भएको हो ।

    प्रधानमन्त्री केपी शर्मा ओली र जसपा अध्यक्ष ठाकुरबीच आज दिउँसो बालुवाटारमा भएको छलफलपछि जसपा सरकारमा जान तयार भएको हो । प्रधानमन्त्री ओलीसँगको छलफलमा उपप्रधानमन्त्रीसहित ८ मन्त्री र २ राज्यमन्त्री जसपाले पाउने सहमति भएको छ ।

    वरिष्ठ नेता महतोसँगै शरदसिंह भण्डारी, अनिल झा, लक्ष्मणलाल कर्ण, विमल श्रीवास्तव, उमाशंकर अरगरिया, चन्दा चौधरी र एकबाल मिया मन्त्री बन्ने भएका छन् ।

    महतो उपप्रधान तथा शहरी विकास मन्त्री हुनेछन् भने भण्डारीले उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयको जिम्मेवारी पाएका छन् । झाले खानेपानी र कर्णले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय सम्हाल्दा श्रीवास्तवलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा र अरगरियालाई युवा तथा खेलकुद मन्त्रालय परेको छ ।

    यस्तै चौधरीलाई महिला, बालबालिका तथा जेष्ठ नागरिक र एकबाल मिया वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइने जसपाका एक नेताले बताए ।

    जसपाले दुई राज्यमन्त्री पनि टुंगो लगाएको छ । चन्द्रकान्त चौधरी उर्जा र रेनुका गुरुङ महिला बालबालिका राज्यमन्त्री हुनेछन् । नयाँ मन्त्रीहरूलाई साँझ ६ बजेपछि शपथका लागि तयार हुन भनिएको छ ।

  • २१ जेष्ठ २०७८, शुक्रबार १८:०९ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images