काठमाडौँ। एमालेका अधिकांश मन्त्री फेरिन भएका छन् ।
एमाले स्रोतका अनुसार चार जनाबाहेक सबै मन्त्री फेरिने भएका छन् । अर्थमन्त्री विष्णु पौडेल, कानुनमन्त्री लीलानाथ श्रेष्ठ, भौतिक पूर्वाधार मन्त्री वसन्त नेम्वाङ र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठबाहेकका मन्त्री फेरिने भएका हुन् ।
अर्थमन्त्री पौडेलको भने बढुवा हुने भएका छन् । स्रोतका अनुसार पौडेल र रघुवीर महासेठलाई उपप्रधानमन्त्री बनाउने तयारी गरेका छन् । महासेठलाई परराष्ट्र मन्त्रालयको जिम्मेवार दिनेबारेमा बालुवाटारमा छलफल भइरहेको छ ।
केही मन्त्रीहरू पनि फेरबदल हुने भएका छन् । वन मन्त्री प्रेम आले, भूमि व्यवस्था तथा सहकारीमन्त्री शिवमाया तुम्बाहाम्फे र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुली महतोले सम्हालेका मन्त्रालय जसपाको भागमा परेका छन् । त्यसैले उनीहरू फेरिने निश्चित भएको छ ।
त्यसैगरी, एमालेका अरु केही मन्त्रीहरू पनि फेरिने सम्भावना रहेको स्रोतको भनाइ छ । सुरुदेखि नै मन्त्री भएकाहरू फेरिन सक्ने बताइएको छ । त्यस्तो अवस्थामा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, कृषिमन्त्री पद्मा अर्याललगायत पर्न सक्छन् । तर, अहिलेसम्म त्यो टुंगो लागिसकेको भने छैन ।