ओली क्याबिनेटमा पालैपालो मन्त्री हुने यी दम्पती
  • CIA Khabar

  • काठमाडौँ।   प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषद्मा रघुवीर महासेठ दम्पती पालैपालो मन्त्री भए । २ चैत २०७४ मा मन्त्रिपरिषद् विस्तार गर्दा रघुवीर महासेठले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । उनले २० महिना मन्त्रालयको जिम्मेवारी सम्हाले ।

    १० पुस २०७७ मा मन्त्रिपरिषद् विस्तार गर्दा ओलीले महासेठकी श्रीमती जुली महतोलाई महिला बालबालिका मन्त्रीको जिम्मेवारी दिए । हाल मन्त्रिपरिषद् पुनर्गठन गर्दा ओलीले महासेठलाई उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिने भएका छन् ।

    ५ पुसमा प्रधानमन्त्री ओलीले एकलौटीरूपमा संसद् विघटन गर्ने निर्णय लिएसँगै मन्त्रिपरिषद्मा रहेका माधवकुमार नेपाल पक्ष र पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षका मन्त्रीहरूले राजीनामा दिएका थिए ।

    नेकपा विभाजनको दिशामा गए पनि महतो ओली खेमामा र महासेठ प्रचण्ड-नेपाल खेमामा देखिएका थिए । तर, श्रीमतीले नै मन्त्री पाउने निश्‍चित भएसँगै महासेठ ७ पुसमा ओलीको पक्षमा खुलेका थिए ।

    समूह परिवर्तन गरेबापत महासेठले फेरि लाभको पद पाएका छन् ।

  • २१ जेष्ठ २०७८, शुक्रबार १८:५७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images