साढे ३ वर्षमा ५ मन्त्री पायो स्वास्थ्य मन्त्रालयले, नवनियुक्त मन्त्रीलाई चुनौतीका चाङ
  • CIA Khabar

  • ‘हेभिवेट मन्त्री पायौँ तर उहाँ बढी विदेशमै जान रुचाउनुहुन्थ्यो’, मन्त्रालयका एक अधिकारी भन्छन्, ‘उहाँको समयमा स्वास्थ्यक्षेत्रमा आन्दोलन नै बढी भयो ।’

    पछि प्रधानमन्त्री ओलीले मन्त्रालय हेरेफेर गरेर यादवलाई कानुन मन्त्रालयको जिम्मा दिए । उक्त समयमा यादव भारत भ्रमणमा थिए । प्रधानमन्त्री ओलीसँग असन्तुष्टि बढेपछि उनी सरकारबाट बाहिरिए ।

    त्यसपछि ५ मंसिर २०७६ मा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्न आइपुगे भानुभक्त ढकाल । एक वर्ष स्वास्थ्य मन्त्रालयमा रहेका उनको कार्यकाल विवादै विवादमा बित्यो ।

    उनको कार्यकालमा विश्वभर कोरोना भाइरस फैलिइसकेको थियो । त्यसबाट नेपाल पनि अछुतो रहेन । कोरोना महामारी उनका लागि ठूलो अवसर चुनौती दुवै थियो, तर उनी पूर्ण रूपमा चुके ।

    कोरोना महामारी नियन्त्रणका लागि खरिद गरेको स्वास्थ्य सामग्रीमा अनियमितता गरेको आरोप उनीमाथि लाग्यो । संसद्को लेखा समितिले पनि स्वास्थ्य सामग्री खरिदमा अनियमिता भएको ठहर गर्यो‍ ।  मन्त्री ढकाल एक वर्ष कामभन्दा बढी विवादमा तानिए ।

    १० पुस २०७७ मा फेरि प्रधानमन्त्री ओलीले मन्त्रालय हेरफेर गरेर उनलाई पर्यटन मन्त्रालयमा पुर्‍याए ।  र, स्वास्थ्य मन्त्रालयमा इन्ट्री भयो हृदयेश त्रिपाठीको । पाँच महिना उनले मन्त्रालयको जिम्मेवारी सम्हाले । मन्त्रालयले अनुभवी मन्त्री त पायो तर काम भने उनको कार्यकालमा पनि परिपक्व भएन ।

    उनले पनि कोरोना महामारी नियन्त्रणमा राम्रो भूमिका निभाउन सकेनन् । कोरोनाविरुद्धको खोप खरिदमा विवादमा तानिए, उनी । यद्यपि भारतबाट १० लाख डोज कोभिसिल्ड खोप सहायतामा ल्याएर खोप अभियान चलाउन सफल भए । तर, खरिद पक्रियामा उनी पूर्ण रूपमा असफल भए । खोप खरिदमा एजेन्ट छिरेको अभिव्यक्ति दिएर उनी विवादमा तानिए ।

    मन्त्रालयका एक उच्च अधिकारी भन्छन्, ‘उहाँ भिजन लिएर आएकै देखिएन । उहाँको रुचि स्वास्थ्य मन्त्रालयमा थिएन ।’

    पटकपटक मन्त्री फेरिँदा योजना कार्यान्वयन गर्न कठिन भएको कर्मचारी बताउँछन् । ‘बल्लबल्ल एउटा मन्त्रीलाई कुरा बुझायो । एउटा योजना बनाएर काम पूरा भएको हुँदैन, अर्को मन्त्रीलाई स्वागत गर्नुपर्छ’, ती कर्मचारीले भने, ‘मन्त्री फेरिएसँगै योजना पनि फेरिन्छ र काम गर्ने शैली पनि ।

    साढे तीन वर्षमा को–को आए स्वास्थ्य मन्त्रालयमा ?

    –पद्मा अर्याल
    –उपेन्द्र यादव
    –भानुभक्त ढकाल
    –हृदयेश त्रिपाठी
    –शेरबहादुर तामाङ

    मन्त्री तामाङलाई चुनौतीका चाङ

    नवनियुक्त मन्त्री शेरबहादुर तामाङलाई चुनौतीका चाङ छन् । कोरोनाको दोस्रो लहरको चपेटामा उनी मन्त्रालयको जिम्मेवारी सम्हाल्न आएका छन् । उनका लागि कोरोना महामारी नियन्त्रण र खोप खरिद नै मुख्य चुनौती हो ।

    कोभिडलाई डटेर सामना गर्ने र नागरिकको स्वास्थ्य सुरक्षामा कुनै कमी हुन नदिने उनको प्रतिवद्धता छ । अहिलेको मुख्य योजना नै कोभिड नियन्त्रण र खोप रहेको उनले बताए ।

    ‘मेरो अहिलेको योजना भनेको कोभिड हो । कसरी हुन्छ खोप ल्याउने र नागरिकलाई लगाउने हो । आफ्नो सम्पूर्ण शक्ति महामारी नियन्त्रणमा लगाउँछु’,उनले भने ।

  • २२ जेष्ठ २०७८, शनिबार ०७:०५ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images