भारतसितका असमझदारी हटेका छन्, अब नेपाललाई पूर्ण सहयोग गर्नुपर्छ : प्रधानमन्त्री ओली
  • CIA Khabar

  • काठमाडौँ।  प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसित विगतमा देखिएका असमझदारी हटेर गएको बताएका छन् । बीबीसी हिन्दीलाई दिएको अन्तर्वार्तामा उनले कहिलेकाही छिमेकी देशसँग असमझदारी हुने भए पनि अहिले भने त्यो असमझदारी हटेको बताएका हुन् ।

    उनले छिमेकी देशहरूमा प्रेम र समस्या हुनु स्वभाविक भएको उल्लेख गर्दै भविष्य हेरेर सकारात्मक पक्षलाई अगाडि बढाउनु पर्ने बताए । ‘कुनै समय असमझदारी थिए । अब असझदारी हटेको छन् । हामी त्यसैमा अल्झिएर बस्नु हुँदैन । भविष्य हेरेर अगाडि बढ्नुपर्छ’, उनले भने ।

    उनले भारतले मित्रताका हिसाबले नेपाललाई सहयोग गर्न आग्रह गरे । उनले यसअघि गरेका सहयोगको सराहना गर्दै अब पनि मित्रतापूर्ण सम्बन्धलाई ध्यानमा राखेर भारतले पूर्ण सहयोग गर्नुपर्ने तर्क गरे । ‘हाम्रो मित्रतापूर्ण सम्बन्धलाई ध्यानमा राखेर भारतले पूर्ण सहयोग गर्नुपर्छ’ उनले भने ।

  • २२ जेष्ठ २०७८, शनिबार ०७:२६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images