हुम्लामा लक्षण विनाका सङ्क्रमित
  • CIA Khabar

  • हुम्ला ।  हुम्लाका अधिकांश गाउँपालिकामा कोरोनाको लक्षण विनाका सङ्क्रमितहरू देखिन थालेका छन् । दोस्रो लहरपछि यहाँ लक्षण विनाका बिरामी देखिन थालेका हुन् ।

    एन्टिजेन विधिबाट परिक्षण गर्दा कोरोना पुष्टि भए पनि दश दिन आईसोलेसनमा बस्दा सङ्क्रमितहरू लक्षण विनाका देखिएका छन् । सङ्क्रमित पुष्टि भएका जिल्लाका अधिकांश व्यक्तिहरू लक्षण नभएको देखिएको जिल्ला अस्पतालका चिकित्सक टासी आङ्जु लामाले बताए।

    कोरोना भएर आइसेलेसनमा बस्दै आएका सङ्क्रमित नौ देखि दशदिनमा घर फर्किने गरेको र आइसोलेसन अवधिमा उनीहरूमा कुनै पनि कोरोनाको लक्षण नदेखिएको लामाले बताए ।

    जिल्लाका सात वटै गाउँपालिकामा एन्टिजेन किटबाट १ हजार २ सय जनाको परिक्षण गर्दा १ सय ७५ जनामा कोरोना पुष्टि भएको थियो । त्यसमा १ सय २४ जनामा लक्षण नदेखिएको उनले बताए ।

    कोरोना पुष्टि भएका मध्ये छ जनालाई अक्सिजनको आवश्यकता परेको र १५ जनालाई सामान्य रुघाखोकी, ज्वरो आउने समस्या देखिएको उनले बताए ।

  • २२ जेष्ठ २०७८, शनिबार ०७:३५ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images