ट्रम्पको फेसबुक एकाउन्ट थप दुई वर्ष सस्पेन्ड
  • CIA Khabar

  • काठमाडौँ। अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक एकाउन्ट  थप दुई वर्षका लागि सस्पेन्ड भएको छ ।

    अमेरिकी संसदमा ट्रम्पले क्यापिटल हिलमा गत जनवरी ६ मा भएको हिंसा भड्काएको पुष्टि भएपछि फेसबुकले उनको एकाउन्ट अनिश्चितकालका लागि बन्द गरिएको थियो ।

    यो अवधिमा नागरिक सुरक्षामा खतरा हटेको वा नहटेको भनी हेर्ने फेसबुकका विश्व मामिलाका उपाध्यक्षले जनाए अनुसार ट्रम्पले अब सन् २०२३ को जनवरीदेखि मात्रे फेसकुम सञ्चालन गर्न पाउनेछन् ।

    जनवरी ६ मा चुनावमा धाँधली भएको भन्दै अमेरिकाको वासिङ्टन डिसीमा डोनाल्ड ट्रम्पको समर्थनमा निस्केको जुलुसले अमेरिकी संसद भवन क्यापिटल हिलमा गरेको आक्रमणपछिको झडपमा एक प्रहरीसहित पाँच जनाको मृत्यु भएको थियो ।

  • २२ जेष्ठ २०७८, शनिबार ०७:५२ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images