मंगलबारदेखि ज्येष्ठ नागरिकलाई लगाइँदै खोप, काठमाडौँका सबै वडामा लगाउन पाइने
  • CIA Khabar

  • काठमाडौँ। काठमाडौँ महानगरपालिकाले ६० देखि ६४ वर्षसम्मकालाई दिईने कोभिड—१९ विरुद्धको खोप सञ्चालन गर्ने केन्द्रको नाम तोकेर पठाउन वडा खोप समन्वय समितिलाई पत्राचार गरेको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जेठ १८ गतेको निर्णयका आधारमा शुक्रबार  जिल्ला स्वास्थ्य कार्यालय र कामपाको शहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभागबीच बैठक बसेर हरेक वडामा एक/एक खोप केन्द्र सञ्चालन गर्ने निर्णय गरेको छ । यही निर्णयका आधारमा वडाको खोप केन्द्र वडाबाट तोक्नका लागि पत्राचार गरिएको हो ।

    उक्त उमेर समूहका व्यक्तिका लागि भेरोसेल (चाइनीज खोप) को पहिलो मात्रा आगामी मङ्गलबारदेखि दिन लागिएको हो ।

    सरकारले खोप कार्यक्रमअन्तर्गत पहिलो पटक महामारी नियन्त्रणका लागि अग्रपङ्क्तिमा खटिनेका लागि, त्यसपछि ६५ वर्षदेखि माथिल्लो उमेर समूहका व्यक्तिका लागि र तेस्रोमा १८ देखि ५९ वर्षका व्यक्तिलाई खोप दिएको थियो ।

    जेठ ११ गतेसम्म वडास्तरमा केन्द्र स्थापना गरेर चलाइएको खोप कार्यक्रमबाट करीब १ लाख व्यक्ति लावान्वीत भएका थिए ।

  • २२ जेष्ठ २०७८, शनिबार १०:३९ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images