स्थायी कमिटीको बैठकअघि जिल्ला कमिटी अध्यक्षसँगको छलफलमा खनाल-नेपाल समूह
  • CIA Khabar

  • काठमाडौँ । नेकपा (एमाले) खनाल-नेपाल समूहले आजका लागि स्थायी कमिटीको बैठक बोलाएको छ । आज दिउँसो १ बजे स्थायी कमिटीको बैठक बस्न लागेको हो ।

    उक्त बैठकअघि सो समूहले समानान्तर जिल्ला कमिटीका अध्यक्षहरूसँग छलफल गर्दै छ । बिहान ११ बजेदेखि उक्त छलफल सुरु भएको हो।

    यसअघि लगातार दुई दिन सो समूहको केन्द्रीय कमिटीको बैठक बसेको थियो । त्यसअघि खनाल-नेपाल समूहले समानान्तर जनवर्गीय संगठनसँग पनि छलफल गरेको थियो ।

    प्राय सबै छलफलमा वार्ताका नाममा धेरै दिन नअल्मलिन नेतृत्वमाथि दबाब परेको छ । भर्चुअल रूपमा बसेको केन्द्रीय कमिटीको बैठकले पनि ओलीसँग वार्ताको ढोका खुलै राख्ने तर, धेरै नलम्ब्याउने निष्कर्ष निकालेको थियो ।

  • २२ जेष्ठ २०७८, शनिबार १२:३९ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images