डोटीको आदर्श गाउँपालिकामा कोरोना संक्रमण उच्च, उपचारमा समस्या
  • CIA Khabar

  • डोटी। डोटीको आदर्श गाउँपालिका– १ चाँसी गाउँका प्रायः सबै नागरिक कोभिड– १९ ले प्रभावित भएका छन् । गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार यस गाउँका ८५ जनाको कोभिड परीक्षण गर्दा ५२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

    कोरोना जाँच नगरिएका अन्य नागरिकलाई पनि ज्वरो आउने तथा कोरोनासँग मिल्दोजुल्दो खालको लक्षण देखा परिरहेको बताइएको छ ।

    सिङ्गो गाउँ नै कोरोना सङ्क्रमणको चपेटामा परेपछि उपचारमा समस्या भएको स्वास्थ्यकर्मीले जानकारी दिएका छन् । गाउँका अधिकांश नागरिकलाई सङ्क्रमण पुष्टि भएपछि अन्य व्यक्ति परीक्षण गर्न नै अस्वीकार गरिरहेका गाउँपालिकाका सिनियर अहेब बमबहादुर खड्काले बताए ।

    ‘सिङ्गो गाउँ नै कोभिड सङ्क्रमणले प्रभावित छ । केहीले कोरोना जाँच गर्न मानेका छैनन् । सङ्क्रमितको उपचारमा पनि समस्या छ,’ खड्काले भने ।

    उनका अनुसार ५२ जना सङ्क्रमितमध्ये दुई जना स्वास्थ्यकर्मी रहेका कारण उपचारमा झनै समस्या उत्पन्न भएको हो । एउटै परिवारका छ जनासम्मलाई सङ्क्रमण पुष्टि भएको पाइएको छ । गाउँका अधिकांशलाई सङ्क्रमण पुष्टि भएपछि अन्य व्यक्ति परीक्षण गर्न नै अस्वीकार गर्ने गरेका छन् ।

    सङ्क्रमित देखिएका ५२ जनामध्ये अहिलेसम्म कुनै सङ्क्रमितलाई अस्पताल भने भर्ना गरिएको छैन् । सङ्क्रमण देखिएकाहरूमा जटिल खालको स्वास्थ्य समास्या नदेखिएका कारण अस्पताल भर्ना नगरी घरैमा होमआइसोलेसनमा राखिएको सिनियर अहेब खड्काले जानकारी दिए ।

    स्वास्थ्य चौकीमा कार्यरत दुई जना स्वास्थ्यकर्मीमा पनि कोरोना देखिएका कारण सङ्क्रमितहरूको उपचार तथा रेखदेखमा समस्या भइरहेको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । सङ्क्रमितको उपचारका लागि थप स्वास्थ्यकर्मी माग गर्न गाउँपालिकालाई स्वास्थ्य शाखाले आग्रह गरेको छ ।रासस

  • २२ जेष्ठ २०७८, शनिबार १६:४० प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images