ओलीको सत्ताप्रतिको आशक्तिलाई महन्थ ठाकुर समूहले अवसर बनायो : प्रकाशशरण महत
  • CIA Khabar

  • काठमाडौँ। नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ताप्रतिको आशक्तिलाई महन्थ ठाकुर समूहले अवसरका रूपमा उपयोग गरेको टिप्पणी गरेका छन् ।

    सहमहामन्त्री महतले सरकारमा मधेसी नेता जानु प्रधानमन्त्री ओली शक्तिमा जसरी पनि रहनुपर्छ भन्ने आशक्तिले काम गरेको बताए । पछिल्लो पटक कामचलाउ सरकारले मन्त्रीमण्डल पुनर्गठन गरेर संविधान, कानुन मिचेर म जे पनि गर्न सक्छु भन्ने घमण्ड देखिएको नेता महतले बताए ।

    मधेसका खास मुद्दालाई थाँती राखेर सरकारमा जाने मधेसी नेताको चरित्र अवसरवादी भएको आरोप पनि लगाए । कोरोना संक्रमणको जोखिममा आफूविरुद्ध सडकमा कोही आउन नसक्ने र विरोध हुने प्रतिनिधिसभा पनि विघटन गरेर राष्ट्रपतिको आडमा जे पनि गर्न सकिन्छ भनेर प्रधानमन्त्रीले काम गरिरहेको बताए । प्रधानमन्त्रीको असंवैधानिक कामलाई सर्वोच्चले खारेज गरेर विधि स्थापित गर्ने आफूहरूको विश्वास रहेको पनि नेता महतले बताए ।

  • २२ जेष्ठ २०७८, शनिबार १६:५३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images