काठमाडौँ उपत्यकामा थपिए ९३७ कोरोना संक्रमित
  • CIA Khabar

  • काठमाडौँ ।पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ९३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ७२३, भक्तपुरमा ७३ र ललितपुरमा १४१ जनामा गरी कुल ९३७ जना थपिएका हुन् ।

    यसअघि हिजो काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा गरी १ हजार ३८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।
    पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्यामा कमी आएको देखिएको छ ।

    यस्तो छ काठमाडौँ उपत्यकाको विस्तृत विवरण

  • २२ जेष्ठ २०७८, शनिबार १८:२७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images