महन्थ पक्ष सरकारमा सहभागी भएसँगै संविधानवाद स्थापित भयो: मुख्यमन्त्री पोखरेल
  • CIA Khabar

  • काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्ष सरकारमा सहभागी भएसँगै संविधानवाद स्थापित भएको दाबी गर्नुभएको छ ।

    शनिबार सामाजिक सञ्जालमार्फत पोखरेलले जसपाको महन्तपक्ष सरकारमा सहभागी भएसँगै संविधानवाद स्थापित भएको बताउनुभयो । उहाँले संविधानवाद स्थापित भएसँगै अब चुनावमार्फत नयाँ जनादेश प्राप्त गर्ने अभियानमा जुट्न अपिलसमेत गर्नुभयो ।

    उहाँले भन्नुभयो, ‘जसपाको महन्थपक्ष सरकारमा सहभागी भएसँगै संविधानवाद स्थापित भएको छ । अब सबै पक्ष चुनावमार्फत नयाँ जनादेश प्राप्त गर्ने अभियानमा जुटौँ ।’

  • २२ जेष्ठ २०७८, शनिबार १८:२५ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images