नेपालमा ५ हजार ४२ संक्रमित थपिए, ६८ को मृत्यु
  • CIA Khabar

  • काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ११ हजार ४७१ जनाको पीसीआर परीक्षण र ५ हजार ३४३ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५ हजार ४२ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको हो ।

    पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेनसहित १६ हजार ८१४ नमुना परीक्षण गरिएको छ ।

    योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ५ लाख ९८ हजार २०४ पुगेको छ । जसमा पीसीआर विधिबाट गरिएको परीक्षणमा ५ लाख  ८५ हजार १०० मा पोजेटिभ देखिएको छ भने एन्टिजेन परीक्षणमा १३ हजार १०४ मा पोजेटिभ देखिएको मन्त्रालयले जानकारी दिएको छ।

    यस्तै, नेपालमा थप ६८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा मृत्यु भएका र २४ घण्टामा विवरण प्राप्त भएकाहरु गरी जम्मा ६८ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएको हो ।

    मन्त्रालयका अनुसार नेपाली सेनाद्वारा कोभिड १९ को शव व्यवस्थापन तथ्यांकको आधारसहित सो संख्यामा मृतक थपिएका हुन् । योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ७ हजार ७९९ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

  • २२ जेष्ठ २०७८, शनिबार १८:३४ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images