देशभर ५ हजार संक्रमित थपिँदा ८ हजार भए संक्रमणमुक्त
  • CIA Khabar

  • काठमाडौँ। पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा ५ हजार ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ८ हजार २४३ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् ।

    स्वास्थ्य मन्त्रालयका अनुसार आज १६ हजार ८१४ नमुना पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गरिएकोमा सो संख्यामा कोरोना संक्रमित थपिएका हुन् ।

    योसँग नेपालमा कुल कोरोन संक्रमितको संख्या ५ लाख ८५ हजार १०० पुगेको छ । त्यस्तै ४ लाख ८४ हजार ३७३ जना संक्रमणमुक्त भएका छन् ।

    २४ घण्टाको अवधिमा ६८ जना संक्रमितको निधन भएको छ । यो सँगै संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७ हजार ७९९ पुगेको छ ।

  • २२ जेष्ठ २०७८, शनिबार १८:४९ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images