काठमाडौँ । नवनियुक्त उपप्रधान तथा शहरी विकास मन्त्री राजेन्द्र महतोले दिएको अभिव्यक्तिलाई लिएर उनको पुत्ला दहन गरिएको छ ।
नेकपा एमालेको माधव नेपाल समूहको विद्यार्थी संगठन अनेरास्ववियुले शनिबार बेलुकी नयाँ बानेश्वरमा पुत्ला दहन गरेको हो ।
महतोले मन्त्री हुनासाथ देश टुक्राउने अभिव्यक्ति दिएको भन्दै पुत्ला दहन गरिएको अनेरास्ववियुले जनाएको छ । उनले नेपाललाई बहुल राष्ट्रिय राज्य बनाउन आन्दोलन गर्ने बताएका थिए । पुतला दहनमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पनि नाराबाजी गरिएको थियो ।
पुत्ला दहन गर्ने आरती लामा, सुरेश पराजुलीसहिका एक दर्जन बढी विद्यार्थी नेताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
हेर्नुहोस् भिडियो :