कपिलवस्तु । कोरोना महामारीका कारण देशभर लकडाउनको अबस्था कायम नै छ । कोरोनाबाट सुरक्षित रहनका लागि सरकारले अनिवार्य मास्क प्रयोग गर्ने भनेको छ साथै साबुन पानीले हात धुनका लागि स्वास्थ्यमकर्मीहरुले सुझाव पनि दिएका छन् । तर कपिलवस्तुको शिवराज नगरपालिका को चन्द्रौटा क्षेत्रका बस्तीमा भने मास्कको अभाव मात्रै छैन, मास्कको प्रयोगका बारेमा समेत मानिसहरु अनबिज्ञ छन् ।
कपिलवस्तु जिल्लामा हिड्ने सवारीसाधनहरूले पनि माक्स प्रयोग गरेको पाइएको छैन तथा बिपन्न बस्तीहरुमा मानिसहरु मास्क बिना खुल्लेयाम हिडिरहेको भन्दै शिवपुर आशा सञ्जालको आयोजनामा झझमाक्स बैंक हुनेहरूले दिएर जाउ नहुनेहरूले लिएर जाऊञञभन्ने नाराका साथ कपिलवस्तुको शिवराज नगरपालिकाले बिभन्न बस्तीहरु चोक चोक र सवारीसाधन रोकेर निशुल्क मास्क बितरण गरेको छ । शिवराज नगरपालिका को वडा न १ र इलाका प्रहरी कार्यलय चन्द्रौटाको समन्वय मा संघले चन्द्रौटा क्षेत्रमा माक्सको पहुँचबाट टाढा रहेका गरिव घर परिवारलाई माक्स वितरण गरेको बताइएको छ ।
यो अभियान आज ५औ दिन रहेको छ। गरिब गाउँमा माक्स नपाईने र मास्कको प्रभावकारिताका बारेमा मानिसहरु अनविज्ञ रहेकाले आफुहरुले त्यस क्षेत्रमा गई मास्क बितरण गरेको शिवपुर आशा सञ्जालका अध्यक्ष सन्तोष बुढाथोकीले जानकारी दिनु भयो । उक्त क्षेत्रमा माक्सको प्रयोग र कोरोना भाईरस सम्बन्धि जनचेतनामूलक कार्यक्रम संचालन गरिएको पनि उहाँले बताउनु भयो ।
कपिलवस्तु जिल्लाको शिवपुर आशा सञ्जालको अध्यक्ष एवम् आयोजनाका अध्यक्ष सन्तोष बुढाथोकीको नेतृत्वमा र समन्वय शिवराज नगरपालिका को वडा न १ र इलाका प्रहरी कार्यलय चन्द्रौटा द्वारा सञ्चालन भएको थियोे यश अभियानमा ६० जना अभियान्ता संयुक्त टोलीले चोक चोकमा गई मास्क बितरण गरेका थिए ।
मास्क पाए पछि त्यहाँका बासिन्दाले अरू समुदायहरुमा पनि यसरी नै अभियान सुरू गर्ने भन्दै खुसी ब्यक्त गरेका छन् ।