आगामी वर्ष तीन ठाउँमा सुरुङमार्ग सुरु हुने
  • CIA Khabar

  • काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षदेखि तीनवटा सुरुङमार्गको निर्माण घोषणा गरेको छ । निवर्तमान अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा सिद्धबाबा, लामाबगर-लाप्चे, धरान-लेउती सुरुङमार्गको निर्माण थाल्ने घोषणा गरेका थिए ।

    यी तीन वटामध्ये सिद्धबाबा सुरुङमार्गको ग्लोबल टेन्डर आह्वान भइसकेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्बाङ आगामी आर्थिक वर्षमा तीनवटा सुरुङमार्ग निर्माण कार्यले गति लिने बताउँछन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।

  • २३ जेष्ठ २०७८, आईतवार ०९:२९ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images