माधव नेपालले गरे आफ्नै समुहको निर्णय अबज्ञा
  • CIA Khabar

  • काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नै समुहको निर्णयबिपरित कांग्रेस र माओवादी एजेण्डामा बिलिन हुनुभएको छ । राष्ट्रियता जस्तो अति सम्वेदनशील बिषयमा नेता नेपालले आफ्नो समुहको लिखित बक्तब्य जारी गरेको केही समयभित्रै कांग्रेस र माओवादीसँग भने शब्दनै उच्चारण नगरी संयुक्त बिज्ञप्ती जारी गर्नुभएको हो ।

    उपप्रधानमन्त्री एवं जसपाका नेता राजेन्द्र महतोले राष्ट्रियताको बिषयमा दिनुभएको आपत्तिजनक अभिब्यक्तिबारे कांग्रेस नेतृत्वको बिपक्षी गठबन्धनले एक शब्द पनि नबोलेर संयुक्त बिज्ञप्ती निकालेको छ । जस्मा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेता नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाकी दुर्गा पौडेलले हस्ताक्षर गर्नुभएको छ ।

    शनिवार बिज्ञप्ती प्रकाशन गर्नुभएका पाँच नेताले बजेटमाथि अनेक आरोप लगाउनु भएको छ तर महतोको आपत्तिजनक अभिब्यक्तिमा चुइक्क बोल्नुभएको छैन । माधवको यो कामप्रति सो समुहकै प्रभावशाली नेताले कडा आपत्ति जनाएका छन । आफ्नो अडान त्यागेर माधवले माओवादीलाई रिझाउन यस्तो कदम चालेको भन्दै सो समुुहका प्रभावशाली नेताहरु नेपालप्रति रुष्ट बन्नुभएको हो । बिज्ञप्तीमा महतोको आपत्तिजनक अभिब्यक्तिमा मौन समर्थन देखिएको छ ।

  • २३ जेष्ठ २०७८, आईतवार १०:३६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images