‌ओमानले परिवर्तन गर्‍यो भिसासम्बन्धी नियम, भिजिट भिसामा गएकाले वर्क पर्मिट लिन सक्ने
  • CIA Khabar

  • ओमन । ओमन सरकारले विदेशी नागरिकका हकमा ‘वर्क भिसा’सम्बन्धी नियम परिवर्तन गरी नयाँ व्यवस्था लागू गरेको छ । अब ओमनमा भिजिट भिसामा गएका विदेशी नागरिकले वर्क पर्मिट लिन सक्ने छन् ।

    ओमान सरकारले  रोयल ओमन प्रहरी (आरओपी) घोषणा गरेसँगै भिजिट भिसामा प्रवेश गरेका विदेशी नागरिकले वर्क पर्मिट लिनका लागि आवेदन दिने बाटो खुलेको हो ।

    विदेशीको लागि लागू हुने गरेको आवासीय कानुन (फरेनर्स रेसिडेन्स) मा व्यवस्था गरिएबमोजिम भिसा ‘वर्क भिसा’ वा अस्थायी ‘वर्क भिसा’ मा रुपान्तरण हुन सक्नेछन् ।

    सिङ्गल तथा मल्टिपल इन्ट्री बिजनेस भिसा, जीसीसी देशका नागरिकलाई जारी गरिएको भिसा, एकल प्रवेश पर्यटक (सिगंल इन्ट्री टुरिस्ट) भिसा १० दिन वा १ महिनाको वैध–अवैध भएको र एक्सप्रेस भिसा (लगानीकर्ता), विद्यार्थी भिसा र जहाज तथा क्रुज जहाजमा यात्रा गर्ने यात्रीहरूको भिसाले वर्क प्रर्मिटका लागि आवेदन लिन पाउने छन् ।

    कोरोनका कारण विदेशी नागरिकका हकमा यस्तो सुविधा दिएको ओमानको विदेश मन्त्रालयले जनाएको छ ।

  • २३ जेष्ठ २०७८, आईतवार १०:४१ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images