संसद विघटनविरुद्धको मुद्दा सुनुवाइका लागि यस्तो बन्यो संवैधानिक इजलास
  • CIA Khabar

  • काठमाडौं । प्रतिनिधिसभा विघटन र संविधानको धारा ७६ ९५० बमोजिम सरकार गठनका सन्दर्भमा परेका अलग अलग रिटहरुमाथिको सनुवाइका लागि संवैधानिक इजलास पुनर्गठन भएको छ ।

    प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको अध्यक्षताको इजलासमा अब बरिष्ठताका आधारमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई रहेका छन् । वरिष्ठताका आधारमा हरिकृष्ण कार्की भने इजलासमा परेनन् । कार्की र भट्टराई यसअघि गठित इजलासमा पनि थिए । रिटहरुमाथि आजैबाट सुनुवाई हुनेछ ।

    यसअघि गठित इजलासका दुई न्यायाधीशमाथि विपक्षी गठबन्धका वकिलले प्रश्न उठाएपछि विवाद भएको थियो । इजलासमा रहेका दुई न्यायाधीश दिपक कार्की र आनन्दमोहन भट्टराईले इजलास छाडेर हिडेपछि प्रधान न्यायाधीशले इजलास पुनर्गठन गरेका हुन् ।

  • २३ जेष्ठ २०७८, आईतवार ११:१४ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images