काठमाडौ । निवर्तमान बन तथा बाताबरण मन्त्री प्रेम बहादुर आलेका स्वकीय अधिकृत धिमलाल जोशि लगायत सचिवालय सदस्यहरुले बन मन्त्री प्रेम बहादुर आलेको सचिवालयमा आउदापनि स्वभिमानका साथ आएको र अहिले पनि गर्व गर्न लायक काम गरेर शिर ठाडो बनाएर फर्किएको बताएका छन ।
आइतबार बन मन्त्री प्रेम बहादुर आलेको सचिवालयले प्रयोग गरेका स्रोत र साधन हरु फिर्ता गरेपछी स्वकिय अधिकृत धिमालाल जोशी , प्रशासन सहायक भक्त आले , प्रेस संयोजक बिमल बिस्ट , प्रमुख स्वकीय सचिब हेमन्त रेग्मी लगायत सचिवालय सदस्यले काम कारबाहीमा सहयोग पुर्याउने सम्पुर्णलाई धन्यवाद दिदै बन मन्त्रीको सचिवालयमा रहेर उत्कृष्ट काम गरेकोमा आफू अत्यन्तै खुसी भएको भन्दै निवर्तमान बन मन्त्री प्रेम बहादुर आले लाइ आभार ब्यक्त गरेका छन ।
निवर्तमान वन मन्त्रीका सचिवालय सदस्यहरु लेख्छन :
“स्वाभिमानको शिर लिएर पौष १० ,२०७७ वन तथा वातावरण मन्त्रालय सिंहदरबार भित्र प्रवेश गरेका थियौ भने स्वाभिमान सहितको शिर उच्च नै राखेर आज मन्त्रालयबाट फर्केका छौ।आगामी दिनमा थप उर्जावान र अबिचलित रूपमा जनताको सेवामा लागिरहने प्रण पनि गर्दछौ ।
२१ गते जेठ,२०७८ शुक्रबार नै तत्कालीन मन्त्रीको हैसियतमा प्रयोग गर्दै आउनु भएको गाडी निवर्तमान मन्त्री श्री प्रेम बहादुर आले ज्यू ले फिर्ता गरि सक्नुभएको थियो र आज आइतबार हाम्रो टिम लले वन तथा वातावरण मन्त्रालय सिंहदरबार गएर मन्त्री ज्यूको सचिवालयमा रहेर काम गर्दा प्रयोग गरिएका सामग्रीहरु स्कोरपियो जिप, मोटरसाइकल २ थान , ल्यापटप र क्यामरा मन्त्रालयका अधिकृत रबिन कुमार ग्यालन र स्टोरकिपर ना. सु. बिश्व नाथ काफ्ले लाई बरबुझार्थ गरि मन्त्रालयबाट बिदाइ भइयो ।
५ महिना ११ दिनको कार्यकालमा सहयोग गर्नुहुने मन्त्रालयका र मातहतका सबै बिभागहरुका सम्पूर्ण राष्ट्रसेबक कर्मचारी तथा सुरक्षा निकायलाई कार्यकाल सफल बनाउन सहयोग गर्नुभएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछौ ।“