ओलीको अपिलबारे छलफल गर्न खनाल-नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै
  • CIA Khabar

  • काठमाडौं।  नेकपा (एमाले) खनाल-नेपाल समूहको स्थायी कमिटीको बैठक आज बस्दै छ । अध्यक्ष केपी ओलीले हिजो पार्टी एकताका लागि आह्वान गरेपछि खनाल-नेपाल समूहका स्थायी कमिटी सदस्यहरूले त्यसबारेमा छलफल गर्न लागेका हुन् ।

    ओलीको अपिलबारे स्थायी कमिटी सदस्यहरूले आज भर्चुअल रूपमा छलफल गर्ने तय भए पनि समय भने यकिन भइसकेको छैन ।

    हिजो एक वक्तव्य जारी गर्दै ओलीले पार्टी एकताका लागि ६ बुँदे प्रस्ताव गरेका थिए । उक्त प्रस्तावमा ओलीले आफू २०७५ जेठ २ को अवस्थामा फर्कन तयार रहेको बताएका छन् ।

    ओलीको उक्त प्रस्तावपछि खनाल-नेपाल समूहका नेताहरूले मिश्रित प्रतिक्रिया दिएका छन् । कतियले यसलाई झुक्याउने प्रयत्न भनेका छन् भने केहीले एकताका लागि भइरहेका अनौपचारिक पहलको प्रभावका रुपमा लिएका छन् ।

    त्यसबारेमा आधिकारिक धारणा तय गर्नका लागि खनाल-नेपाल समूहको स्थायी कमिटी बैठक बस्न लागेको हो ।

    वेदुराम भुसालले अध्यक्ष ओलीले फेरि जालसाजी गर्न खोजेको टिप्पणी गरेका छन् । ‘आफूले प्रतिनिधिसभा विघटनको निर्णय फिर्ता गर्नुनपर्ने सांसदहरूले हस्ताक्षर फिर्ता गर्नुपर्ने कुरा एकता नगर्ने संकेत हो,’ भुसालले भने । अदालतमा जारी रहेको मुद्दालाई प्रभावित गर्ने उद्देश्यसहित हस्ताक्षर फिर्ताको माग गरिएको उनले बताए ।

    यस्तै ओली समूहसँग वार्तामा क्रियाशील नेता योगेश भट्टराईले ओलीको अपिल सकारात्मक रहेको बताएका छन् । ‘यस अपिलले शीर्ष नेतृत्वबीच सार्थक संवाद हुनेछ । एमालेको एकतालाई अक्षुण राख्न मद्दत पुग्ने अपेक्षा राख्छु,’ उनको भनाइ छ ।

  • २४ जेष्ठ २०७८, सोमबार ०८:०५ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images