काठमाडौँ। जर्मनी जर्मनी यू–२१ फुटबलको युरोपियन च्याम्पियन बनेको छ ।
आइतबार राति भएको उपाधि भिडन्तमा पोर्चुगललाई १–० ले हराउँदै जर्मनी च्याम्पियन बनेको हो ।
जर्मनीको जितमा लुकास नेमेचाले ४९औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।
योसँगै जर्मनी तेस्रो पटक यू–२१ को युरो च्याम्पियन बनेको छ । तेस्रो पटक फाईनल खेलेको पोर्चुगल यसपटक पनि उपबिजेतामै सीमित बन्यो।