काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी असार १ गते नयाँ शैक्षिक सत्र सञ्चालन गर्न निर्देशन दिएको छ । मन्त्रालयमा आइतबार बसेको मन्त्रिस्तरीय वैठकले असार १ गते नयाँ शैक्षिक सत्र शुरू गर्ने निर्णय गरेको हो ।
नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरणलाई सहज बनाउने, वैकल्पिक सिकाई प्रणालीबाट बालबालिकाको सिकाईलाई निरन्तरता जिने जस्ता निर्णय भएको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताए । त्यस्तै विद्यालयका कर्मचारी र शिक्षकलाई खोप दिने विषयमा पनि छलफल भएको उनले जानकारी दिए ।
वैठमा शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले चालु शैक्षिक सत्रको बालबालिकाको सिकाई उपलब्धीको उपयुक्त विधि र प्रक्रियाका आधारमा मुल्यांकन गर्ने व्यवस्था गर्न र समयमै विद्यार्थीहरुलाई पाठ्यपुस्तक वितरण गर्न निर्देशन दिए । त्यस्तै कोरोना महामारीको स्थिती सामान्य नभएसम्म विद्यार्थीको सिकाईलाई वैकल्पिक विधिबाट अघि बढाउन पनि मन्त्री श्रेष्ठले निर्देशन दिएका छन् ।