सुदूरपश्चि ।सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री भट्टले मंगलबार प्रदेशसभाबाट विश्वासको मत लिने भएका हुन् ।
प्रदेशसभा सचिवालयमा विश्वासको मत लिने पत्र आइतबार नै दर्ता भइसकेको छ ।
१० जेठमा बसेको नेकपा (एमाले) को स्थायी कमिटी बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।
तर, माधव नेपाल समूहको बहुमत रहेको प्रदेश संसदीय दलले समर्थन कायम राख्ने निर्णय गरेको छ ।
शुक्रबार सत्ता साझेदार एमालेकै ओली पक्षीय सांसदले मुख्यमन्त्रीमाथि विश्वास नरहेको जानकारी सदनलाई गराएका थिए ।