सिन्धुली।सिन्धुलीको सुनकोशी गाउँपालिकामा नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओलीको पुत्ला जलाएको छ ।
त्यसक्रममा नेपाली कांग्रेसले बीपी राजमार्गमा केही समय चक्काजाम पनि गरेको थियो ।
उनीहरूले प्रधानमन्त्री ओलीले चालेका असंवैधानिक कदम फिर्ता लिनुपर्ने भन्दै नारावाजीसमेत गरेका थिए । उनीहरूले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नारावाजीसमेत गरेका थिए ।