ओलीको अपिलबारे प्रचण्डको चासो, नेपाललाई सोधे- हस्ताक्षर फिर्ताबारेको धारणा के हो ?
  • CIA Khabar

  • काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमालेबाट निष्कासित पूर्वप्रधानमन्त्री माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

    एमाले अध्यक्ष ओलीले पार्टी एकताका लागि नेपाल-खनाल समूहका माग पूरा गर्न हस्ताक्षर फिर्ताको शर्त अघि सारेपछि त्यसबारे धारणा बुझ्न सोमबार अध्यक्ष प्रचण्ड कोटेश्वरस्थित नेपाल निवासमा पुगेका थिए । उनीहरूबीच १५ मिनेट छलफल भएको नेता नेपालको सचिवालयले जनाएको छ ।

    भेटमा अध्यक्ष प्रचण्डले नेता नेपालसँग हस्ताक्षर फिर्ताको मागबारेमा धारणा बुझेका थिए । ‘ओलीजीले एकताको लागि शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गरिएको रिटमा भएको हस्ताक्षर फिर्ता गर्नुपर्छ भन्नुभएको छ । अदालतमा विचाराधीन यो मुद्दालाई प्रभावित बनाउने उद्देश्यसहित पार्टी एकताको प्रस्ताव आएको छ । तपाईंहरू के गर्नुहुन्छ,’ प्रचण्डको नेता नेपाललाई प्रश्न थियो ।

    नेता नेपालले यो विषय नैतिकतासँग जोडिएकाले हस्ताक्षर फिर्ताको माग पूरा नहुने जवाफ दिएको उनको सचिवालयले बताएको छ ।

    ‘हामीले संविधान र संसद दुवैको रक्षाका लागि देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गरेका हौं । हाम्रो यो कदम नैतिकतासँग पनि जोडिएकाले फिर्ता लिने पक्षमा छैनौँ,’ उनको जवाफ थियो ।नेपाल समूहको केन्द्रीय कमिटी बैठकले पनि हस्ताक्षर फिर्ता नगर्ने प्रस्ताव पारित गरेको थियो ।

  • २४ जेष्ठ २०७८, सोमबार १२:५३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images