मोदीलाई ओलीको सन्देश- नेपालमा कोरोना नियन्त्रण नभएसम्म भारत सुरक्षित हुँदैन (भिडियो)
  • CIA Khabar

  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना महामारी नियन्त्रण नभएसम्म भारत सुरक्षित नहुने बताएका छन् ।

    भारतले आफूसँगै नेपाललाई समेत महामारीबाट सुरक्षित राख्नुपर्ने भन्दै उनले नेपाललाई खोप उपलब्ध गराउन माग गरेका छन् ।

    ‘अदालतको फैसला वा महामारीको तीव्र फैलावटका कारण भारतले नेपाललाई खोप उपलब्ध गराइरहेको छैन । तर, भारतले बुझ्नुपर्ने कुरा के छ भने नेपालमा महामारी नियन्त्रण नभएसम्म खुला सिमानाका कारण सहज आवतजावत हुने भएकाले भारत पनि सुरक्षित हुँदैन,’ ओलीले बीबीसी हिन्दीसँगको संवादमा भनेका छन्।

    ओलीले भारतले स्वास्थ्य सामग्री उपलब्ध गराएको प्रति धन्यवादसमेत प्रकट गरेका छन् ।  ओलीले नेपाल र भारतबीचमा विगतमा गलत बुझाइका कारण असमझदारी रहे पनि हाल हटेको दाबी गरेका छन् ।

    ‘असमझदारी अपरिचितसँग हुँदैन । छिमेकीसँगै हुने हो । अब विगत होइन, चम्किलो भविष्य हेरेर अघि बढ्नुपर्छ,’ उनले भने ।

     

  • २४ जेष्ठ २०७८, सोमबार १३:४२ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images