बर्खास्तीपछि मन्त्री क्‍वार्टरबाट मोटरसाइकलमा घर फर्किए सोनल
  • CIA Khabar

  • काठमाडौं । प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री पदबाट पदमुक्त भएका जितेन्द्र सोनल मोटरसाइकल चढेर मधेस भवनबाट बाहिरिनुभएको छ । आइतबार राति पदमुक्त भएपछि कर्मचारी, नागरिक समाज र प्रदेश सरकारलाई धन्यवाद दिँदै आफूले प्रयोग गर्दै आएको सावरी साधन सरकारलाई बुझाएर मोटरसाइकलमा झोला मन्त्री निवासबाट बाहिरिनु भएको हो ।

    राजनीतिक यात्राका क्रममा सरकार पिपल चौतारीको छहारी हो,’ घर फर्किने क्रममा सोनलले भन्नुभयो, ‘सरकारमा सवा तीन वर्ष बस्ने मौका प्राप्त भयो । यस अवधिमा तीन दिन पनि अराम गरिनँ । प्रदेश र जनताको सेवामा तल्लीन भएँ ।’

    मन्त्री पदबाट हटे पनि प्रदेशको विकासका लागि सक्रिय रहने उहाँले बताउनुभयो । भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारीमा रहँदा सडक र सिंचाइ क्षेत्रमा प्रदेशले फड्को मारेको उहाँले दावी गर्नुभयो । मुख्यमन्त्री लालबाबु राउतले आइतबार साँझ भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलसहित ४ जनलाई पदमुक्त गर्नुभएको थियो ।

  • २४ जेष्ठ २०७८, सोमबार १४:२५ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images