देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता
  • CIA Khabar

  • काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका नेता माधवकुमार नेपाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गर्नुभएको छ ।

    सोमबार दिउँसो सवा ११ बजे नेता नेपाललाई उहाँकै कोटेश्वरमा भेटेलगत्तै प्रचण्ड देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका उहाँ निकट स्रोतले जनाएको छ । उहाँले नेता नेपालसँग करिब १० मिनेट र देउवासँग करिब २० मिनेट कुराकानी गरेको स्रोतको भनाइ छ ।

    नेताहरुबीच के विषयमा कुराकानी भयो भन्ने खुलेको छैन । तर समसामयिक राजनीति र सर्वोच्च अदालतमा विचाराधीन संसद विघटनको मुद्दाबारे छलफल गरेको स्रोतको दावी छ ।

  • २४ जेष्ठ २०७८, सोमबार १४:३९ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images