व्यवसायीको घरमा प्रचण्ड र माधव नेपालबीच वार्ता
  • CIA Khabar

  • काठमाडौँ । नेकपा एमालेबाट निश्कासित नेता माधवकुमार नेपालले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग छलफल गर्नुभएको छ ।

    एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई २०७५ जेठ ३ अघिकै संरचना फर्काउने घोषणा गरेलगत्तै आफ्नै समूहमा दबाबमा पर्नुभएका नेता नेपालले कोटेश्वरस्थित एक व्यवसायीको घरमा प्रचण्ड र माधव नेपालबीच अबको रणनीतिका बारेमा छलफल चलिरहेको स्रोतले जनाएको छ ।

    एमाले अध्यक्ष ओलीले आइतवार राति पार्टी एकताका लागि ६ बुँदे प्रस्तावसहित अपिल जारी गरेका थिए । ओलीले माधव नेपाल पक्षको माग बमोजिम पार्टीलाई जेठ २ मा फर्काउने र माधव पक्षले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर र रिट निवेदन फिर्ता लिनुपर्ने बताउनुभएको छ ।

    माधव नेपालले ओलीले फेरि पनि जालझेल गर्ने भन्दै त्यसमा नफस्ने आफूनिकट नेताहरूलाई बताताउनुभएको स्रोतले जनाएको छ । माधव नेपालले ओलीको प्रस्ताव लगत्तै आइतवार राति पनि प्रचण्डसँग छलफल गर्नुभएको थियो ।

  • २४ जेष्ठ २०७८, सोमबार १४:४१ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images