काठमाडौं ।। शेयरबजारमा सामान्य करेक्सन आउँदा पनि ९० वटा कम्पनीका लगानीकर्ता नाफामा रहेका छन् । सोमबार शेयरबजार परिसूचक नेप्से ० दशमलव २१ अंकले बढेर २७०६ दशमलव ७० अंकमा बन्द हुँदा ९० कम्पनीको शेयरमूल्य बढेको हो । जसमा अधिकांश फाइनान्स कम्पनी अगाडि आएका छन् ।
सोमबार २ सय २१ कम्पनीको ३ करोड ५४ लाख ७४ हजार ४ सय १४ कित्ता शेयर १५ अर्ब ८१ करोड ८६ लाख ५९ हजार ६३ रुपैयाँको शेयर किनबेच भयो । नेप्से इन्डेक्ससहित सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ३८ अंकले घटेर ५२० दशमलव ६३ अंकमा पुगेको छ ।
कारोबार ओपनिङ सेसनमा करिब २२ अंकले बढेको नेप्से कारोबार सुरु भएको केही मिनेटमा ओरालो लागेको हो । त्यसमा पनि दिन भरी नै उतारचढावपूर्ण बनेको आजको बजारमा अन्तिममा बजार सुधारिँदै झिनो अंकले नेप्से घटेर बन्द भएको हो । नेप्से घटे पनि कारोबार रकम भने उल्लेखनीय नै रहेको छ ।
केही दिनदेखि लगातार बढेको बैंकिङ समूह पनि आज करेक्सन मुडमा देखिएको छ । योसँगै व्यापार, होटल, उत्पादन तथा प्रशोधन, लघुवित्त समूहको सूचक आज राताम्मे बनेका हुन् । यीबाहेक विकास बैंक, जलविद्युत्, फाइनान्स, निर्जीवन बीमा, अन्य र जीवन बीमा समूहको सूचक भने बढेका छन् । सबैभन्दा धेरै फाइनान्स कम्पनीको सूचक बढ्दा शेयरमूल्य बढाउनेमा पनि फाइनान्स कम्पनी नै हाबी बनेको देखिन्छ ।
जसमा पोखरा फाइनान्सले घटेको बजारमा पनि १० प्रतिशले शेयरमूल्य बढाउँदै सकारात्मक सर्किट लगाउन सफल बनेको छ भने सेन्ट्रल फाइनान्स र आइसीएफसी फाइनान्सले समेत शेयरमूल्यमा सकिर्ट लगाएका छन् ।
यीबाहेक फाइनान्स तर्फ श्री इन्भेष्टमेन्ट फाइनान्स, गुडविल फाइनान्स, जानकी फाइनान्स,गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स, गोर्खाज फाइनान्स, मञ्जुश्री फाइनान्स, समृद्धि फाइनान्स, रिलायन्स फाइनान्सको ९ प्रतिशतभन्दा धेरैले शेयरमूल्य बढेको छ ।
यता आजको बजार डोर्याउन सफल विकास बैंकतर्फबाट कामना सेवा विकास बैक, सांग्रिला डेभलपमेन्ट बैंकको ९ प्रतिशतभन्दा धेरैले शेयरमूल्य बढेको छ । यस्तै, जलविद्युत् क्षेत्रबाट भने रिडि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी युनिभर्सल पावर कम्पनी, दिव्यश्वरी हाइड्रोपावरले ९ प्रतिशतभन्दा धेरैले शेयरमूल्य बढाएका छन् । योसँगै युनिलिभर, हिमालयन डिष्टिलरीले पनि शेयरमूल्य बढाउन सफल बनेका छन् ।
त्यसो त कारोबारमा आएकामध्ये ८७ कम्पनीले भने आजको कारोबारबाट शेयरमूल्य गुमाउन पुगेका छन् । जसमा अधिकांश वाणिज्य बैंक छन् । लामो समयदेखि सुस्ताएको वाणिज्य बैंक पछिल्ला केही दिनदेखि निरन्तर उचालिएको थियो ।