मेरो कारण नेकपाको एकता असफल भयो भन्नु भ्रामक र षड्यन्त्रपूर्ण : प्रचण्ड
  • CIA Khabar

  • काठमाडौँ । नेकपा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एकताको प्रयास असफल हुनुमा आफूलाई दोषारोपण गरेकोमा भर्त्सना गरेका छन् ।

    उनले प्रधानमन्त्री ओलीको भनाइ झुठ, भ्रामक र षडयन्त्रपूर्ण रहेको बताएका छन् ।

    ट्वीटर ह्याण्डलबाट आफ्नो प्रष्टीकरण दिँदै प्रचण्डले भनेका छन्, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डको कारण एकताको प्रयास सफल नभएको भन्ने भनाइ झुठ, भ्रामक र षड्यन्त्रपूर्ण छ । त्यस प्रकारको अभिव्यक्तिको घोर निन्दा र भर्त्सना गर्दछु ।’

    प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले आइतबार राति एमाले एकताको लागि माधव पक्षलाई आह्वान गर्दै अदालतले नभएर नेकपाको एकता प्रचण्डको कारण खारेज भएको बताएका थिए ।

    अदालतको आदेशपछि १५ दिनभित्र नयाँ नाम लिएर निर्वाचन आयोगमा जानका लागि आफूले आग्रह गर्दा प्रचण्डले नमानेको ओलीले बताएका थिए ।

    ओलीले हिजो जारी गरेको ‘नेकपा एमालेको एकताको लागि आह्वानमा’ भनेका थिए, ‘पार्टीको प्रथम अध्यक्ष हुनुको नाताले मैले यसमा आफैँ पहल पनि लिएको हुँ । तर पुष्पकमल दाहाल ‘प्रचण्ड’को अनिच्छाको कारण मेरो प्रयास सफल हुन सकेन ।’

    ओलीको सोही अभिव्यक्तिलाई लिएर प्रचण्ड र माधव नेपालबीच पनि आज भएको भेटवार्तामा कुराकानी भएको बुझिएको छ ।

  • २४ जेष्ठ २०७८, सोमबार १६:५४ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images