तेस्रो लहरको तयारीमा जुट्यो टेकु, बालबालिका लागि चार बेडको आईसीयूसहित १६ बेड छुट्यायो
  • CIA Khabar

  • काठमाडौं ।अस्पतालहरूले तेस्रो लहरको कोरोनाविरुद्ध लड्न तयारी सुरु गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तेस्रो लहरमा बढी बालबालिका संक्रमित हुने भएकाले तयारी थाल्न अस्पतालहरूलाई निर्देशन दिएको थियो ।

    मन्त्रालयको निर्देशनअनुसार अस्पतालहरूले आईसीयू, भेन्टिलेटर थप र जनशक्तिलाई तालिम दिने तयारी गरेका हुन् । काठमडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले बालबालिकाका लागि आईसीयूसहितको बेड छुट्याएको छ ।

    ‘चारवटा आईसीयू बेड र १२ वटा नर्मल बेड बालबालिकाका लागि छुट्याउने तयारी गरेका छौँ,’ अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले भने, ‘बालबालिकालाई हेर्ने जनशक्तिका लागि तालिमको पनि व्यवस्था गर्दै छौँ ।

    यसअघि टेकुमा बालबालिकालाई राख्ने गरिएको थिएन । तेस्रो लहरमा बालबालिका पनि राख्ने तयारी टेकुले गरेको छ । हाल टेकुमा २८ बेड आईसीयू र २१ वटा भेन्टिलेटर छन् । ६० बेड क्षमता रहेको टेकुमा हाल १२०  बेड सञ्चालनमा छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि तेस्रो लहरका लागि तयारी थालेको जनाएको छ । सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले बालबालिकाका लागि अस्पताल, भेन्टिलेटर, आईसीयू र आवश्यक जनशक्ति तयार गर्ने प्रतिवद्धता जनाएका थिए ।

  • २४ जेष्ठ २०७८, सोमबार १६:५७ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images