जापान । पछिल्लो समय एनआरएनए जापानमा आर्थिक अनियमितता भएको खुलासा भएसंगै नैतिक आधारमा राजिनामा दिन थालेका छन्। यसै क्रममा एनआरएनए जापानमा आर्थिक घोटला भएको प्रतिबेदन उच्चस्तरीय छानबिन समितिले सार्बजनिक गरेसँगै नैतिकताको आधारमा कार्यसमितिका सदस्य राजेश खनालले आफ्नो पदबाट राजिनामा दिएको हुन्।
कोही भने अझैं अनियमिता गर्न मस्त छन्। यतिवेला जापानमा एनआरएनएको अधिवेशनको चटारो नै चलेको छ। तर नागोया शहरमा भने केही आफुलाई सर्वेसरभा ठानेर अनियमिता गरेका कारण अधिवेशननै अनिश्चित बन्न पुगेको छ । जापानको नागोया क्षेत्रमा पर्ने एनआरएन तोकाई होकुरिकुको क्षेत्रीय अधिबेशनमा निर्वाचन कमिटीले संस्थाको बिधान नाघेर मनोमानी ढंगले निर्वाचन गराउँदै अघि बढेको छ ।
निर्वाचन कमिटिले गरेको यस षड्यन्त्रले यहाँको समुदाय नै अचम्मित भएका छन् । एनआरएनए नागोयाको क्षेत्रीय निर्वाचन कमिटीले आफ्नो नजिकको मान्छे जिताउन विधान बिपरित काम अघि बढाएको हो । निर्वाचन आयोग, नागोया २०२१ कमिटीका संयोजक बिमल अधिकारी, सदस्य डा। सुदिप अधिकारी र डा. विश्वराज कंडेलले एनआरएनएको बिधान नमानी जसरि हुन्छ आफ्नो मान्छे जिताउने दाउमा लाग्दा, निर्वाचनमा लफडा हुने संकेत देखिएको छ ।
यसअघि पनि निर्वाचन कमिटिमा रहेका विमल अधिकारी र डा। सुदिप अधिकारीले भोटर संख्या भन्दा धेरै मतदान हुदाँ पनि आफ्नालाई जिताउन चुपचाप रहेको र पछि केन्दले पूनः उनिहरुलाई हटाई केन्दले चुनाब गराएको थियो। अहिले तिनैलाई निवाचन समितिमा राख्दा नागोयावासी छक्क परेका छन्। उनिहरु एनआरएनए एशिया प्यासिफिकका उपसंयोजक पारशमणी पोखरेलको हनुमान बनेर लागिरहेका हुन्।
नागोयाको क्षेत्रिय अधिवेशनमा संयोजक पदको उमेदवारीलाई लिएर विवाद उत्पन भएको हो। संयोजकमा ३ जनाको उमेदवारी परेकोमा मनोजवम मल्लको उमेदवारीलाई लिएर विवाद भएको हो । उनि विरुद्ध निर्वाचन समितिमा उजुरी समेत परेको छ। उनि विरुद्ध संयोजकका प्रत्याशी उमेदवार गंगा घर्तिमगर र अर्जुन केसी ( रामवहादुर खत्री) ले उजुरी गरेका हुन्। क्षेत्रिय समितिको संयोजकको उमेदवार हुन बिधान को ५.४ नम्बर बुदाँमा रासपको कुनै पनि पदमा रहेर एक कार्यकाल कार्यसम्पादन गरेको र क्षेत्रको हकमा क्षेत्रीय समितिको पदाधिकारी रही कम्तिमा एक कार्यकाल पुरा गरेको हुनुपर्दछ भनिएको र मनोजवम मल्लले उक्त नियम पालना नगरेको केसी र घर्तिमगरको तर्क छ।
अझ विधानको २.२७ मा कार्यकाल भन्नाले पदमा नियूक्ति वा निर्वाचित भएर सपथ खाएको मितिले न्यूनतम ३६५ दिनको अबधी लाई भनि प्रष्ट पारेको उनि बताउँछन् । क्षेत्रिय समिति नागोयाको वर्तमान कोषाध्यक्ष समेत रहेका गंगा धर्तिमगरका अनुसार वममल्ल गत क्षेत्रिय समितिमा कार्य समिति सदस्यमा चुनिएका हुन् । पछि उपाध्यक्ष पद रिक्त भएपछि केहि महिना अघि मात्र उनलाई उक्त पदमा राखिएको थियो। अधिवेशनमा चोर बाटोबाट आएको बताउछन ।
र पनि निर्वाचन समितिले मनोज वम मल्लले पनि चुनाव लड्न पाउने निर्णय गरेपछि तनाब उत्पन्न भएको छ। लगतै संयोजकका उमेदवारहरु अर्जुन केसी र गंगा घर्तिमगर ले सयुक्त प्रेस विज्ञप्ति नै निकाली यो पक्षपाती र्निवाचन समिति भंग हुन पर्ने बताएका छन्।